LIVE 
धोबिनी गापाको जगरनाथपुरमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत वितरण | पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा |

बिरगंज – पर्सा कोे छिपहरमाई गाउँपालिका का श्री मंगल उच्च मावि भिस्वा मा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाली मुस्लिम समाज भिस्वाको आयोजनामा मिति २०८१/०१/०८ शनिबार स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । दृष्टि विशेषज्ञ अस्पताल प्रा.लि बिरगंज संगको सहकार्यमा भएको कार्यक्रममा बिभिन्न बिधा र उमेर समुहका गरी १९२ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा आँखा तथा नाक,कान , घाँटी को जाँच गरिएको थियो भने औषधीसमेत निशुल्क वितरण गरिएको थियो ।

 

 

नेपाली मुस्लिम समाज भिस्वा का अध्यक्ष साहिल अख्तरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी (केन्द्र ) का छिपहरमाई गाउँपालिका कमिटी सचिव तथा वाडा नम्बर -५ का अध्यक्ष प्रतियासी यूवा नेता शाहरूख मन्सुरी प्रमुख अतिथि रहनुभएको थियो । मन्सुरीले सामान्य खर्चको अभावमा रोगको पहिचान गर्न समेत नपाएका र आफ्नो स्वास्थ्य जाँच गराउन खासै ख्याल नगर्ने हरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो।

 

उहाले समुदायका धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य भएको आफुहरु अवगत रहेकाले पनि यस कार्यक्रम गर्नु आवस्यक रहेको बताउनु भयो। साथै उहाले बच्चा देखि वृद्ध सम्म सबैलाइ एकै ठाउमा सेवा दिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो। नेपाली मुस्लिम समाज भिस्वाका अध्यक्ष साहिल अख्तरले बिशेषज्ञ डाक्टर द्वारा शिविर सम्पन्न गरिएको र स्वास्थ्य परिक्षण गर्न आउनेहरु खुसी भएको बताउनुभयो।

 

कार्यक्रमका बिशिस्ट अतिथि समाजसेवी आजाद अहमदले आफ्नो गाँउ मा यो किसिमको शिविर आयोजना गरिएको प्रती आफुलाइ खुसी लागेको बताउदै नेपाली मुस्लिम समाज भिस्वालाई धन्यवाद दिनुभयो।

 

दृष्टि विशेषज्ञ अस्पताल प्रा.लि बिरगंज का डा. मधु कान्त चौधारीले क्लब तथा संस्था हरुले समय समयमा गर्ने शिविरले समाजमा सकारात्मक परिवर्तन ल्याउन भुमिका खेलेको बताउनु भयो।

 

कार्यक्रमका संयोजक नेपाली मुस्लिम समाज भिस्वा का सहसचिव असहाब मियाँ तेलीले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले मात्र नभई बेला बेला आफ्नो स्वास्थ जाँच गराउनु भनेको ठूलो समस्या बाट बच्नुहो भन्ने सिकाउनका लागि पनि शिविरको आयोजना गरिएको बताउनु भयो।

 

नेपाली मुस्लिम समाज भिस्वा का कोषाध्यक्ष फिरोज आलम समानीले युवाहरु आफ्नो भबिस्य निर्माणका साथै समाज र रास्ट्रको भविस्यमा पनि सचेत हुनुपर्ने र त्यस तर्फ आफुहरुको ध्यान जानुपर्ने धारणा ब्यक्त गर्नुभयो।

 

नेपाली मुस्लिम समाज भिस्वाले आयोजना गरिएको शिविरमा विभिन्न उमेर समुहका १ देखि ५ नम्बर वडाका वडाबासीले समेत स्वास्थ्य जाँच गाराएका छ्न।

 

नेपाली मुस्लिम समाज भिस्वा का पदाधिकारी आलियखबर आलम, मिरोज सामानी, आयुब मन्सुरी, आशिफ सामानी, जयामधेश गदी, आशिक अहमद तथा दृष्टि विशेषज्ञ अस्पताल प्रा.लि बिरगंज का डा. मधु कान्त चौधारी लगाएतका बिशेषज्ञ डाक्टर स्वास्थ्य शिविर टोलि र

नेपाल न्यूज एक्सप्रेस दैनिक का सञ्चालक पत्रकार अमीर मन्सुरी, प्रदेश टिभि का पत्रकार धिरज ब्रानवाल

समाजसेवी हिमाञ्चल कुशवाहा, साहबजान मियाँ,दिपेश पटेल लगाएत नेपाल प्रहरी भिस्वा चौकी तथा स्थानीयवासी हरु को उपस्तिथि थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको