LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

राजन कुमार बानिया पोखरिया २९ चैत । पर्साको कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश यात्रा निकालिएको थियो । बिशाल कलश यात्राकालिकामाई मन्दिर प्राङ्गण बाट  ३ हजारको संख्यामा कन्या कुवारी हरुले जलयात्रामा सहभागी भएको थियो।कालिकामाई मन्दिर बाट बाजागाजासहित निकालिएको कलश यात्रा बिरंचीबर्वा,कटीबलुवा , पशुरामपुर, भेडिहारी , टिनडोबिया,रबिदास ,मुडली   गाउँ  परिक्रमा गदै सिकटा नदीको हनुमान मन्दिर नजिक पुजापाठ गरि जलभरेर हरिहरपुर बिर्ता  हुँदै कालिकामाई मन्दिर स्थलमा पुगि कन्याकुवारी हरुले कलश राखिएको थियोे ।कालिकामाई गाउँपालिकाको नामाकरण कालिकामाईको नाउँमा गरिएकोले मन्दिरको सरचना पुरानै रहेकोले गाउँपालिकाको सहयोगमा मन्दिरको निर्माण गरि सो नवनिर्मित कालिकामाई मन्दिरमा प्राणप्रतिष्ठा गर्ने भएको  गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बताए ।कालिकामाई मन्दिर बाट निसकेको कलश जल यात्रामा प्रमुख अतिथि रहनु भएका उर्जा सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवार ,बिशिस्ट अतिथी धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता , उपाध्यक्ष राजमती देबी बरईन,नेपाली काँग्रेसका नेता राधाकृष्ण चौरसिया, स्थानिय समाजसेवी पप्पु खाँव,वडाअध्यक्ष लालबाबु चौरसिया, जयनारायण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ,सशस्त्र प्रहरी बल खेसराहाका डिएसपी प्रेमबहादुर कठाय,मन्त्री का स्वकिय सचिव सचिन कुमार सिंग कालिकामाई युवा समाजको आकाश चौरसिया, बुलेट तिवारी ,आकाश केवट, विशाल कुशवाहा, बिकास पटेल लगायत जल यात्रामा महिला ,पुरुष बालबालिका हरु गरी पाँच हजार भन्दा बढि भक्तजन हरुको सहभागी रहेको थियो ।नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टामा भोलि ३० गते देखि २४ घन्टा अष्ठयाम हुने १ गते अष्ठयामको पुर्णावती २ गते मन्दिरमा प्राणप्रतिष्टा गरि कालिकामाईको मुर्ती स्थापना गर्ने ,३ गते भारत सितामढीको झाखि कार्यक्रम  ४ गते नेपालका  भोजपुरी गायक सुनील पंडित समेतको कलाकार हरु अाउने र ५ गते को चैत नवमीको दिन कालिकामाई मन्दिरमा पुजापाठ चढावन चढाउने पुजा समितिका संयोजक वडा अध्यक्ष संजय पटेलले बताए ।कलश यात्रा परिक्रमाको क्रममा ठाउँ ठाउँ मा फ्रुटी,पानी,फलफुल बितरण समेत गरिको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको