LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

राजन कुमार बानिया पोखरिया २९ चैत । पर्साको कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश यात्रा निकालिएको थियो । बिशाल कलश यात्राकालिकामाई मन्दिर प्राङ्गण बाट  ३ हजारको संख्यामा कन्या कुवारी हरुले जलयात्रामा सहभागी भएको थियो।कालिकामाई मन्दिर बाट बाजागाजासहित निकालिएको कलश यात्रा बिरंचीबर्वा,कटीबलुवा , पशुरामपुर, भेडिहारी , टिनडोबिया,रबिदास ,मुडली   गाउँ  परिक्रमा गदै सिकटा नदीको हनुमान मन्दिर नजिक पुजापाठ गरि जलभरेर हरिहरपुर बिर्ता  हुँदै कालिकामाई मन्दिर स्थलमा पुगि कन्याकुवारी हरुले कलश राखिएको थियोे ।कालिकामाई गाउँपालिकाको नामाकरण कालिकामाईको नाउँमा गरिएकोले मन्दिरको सरचना पुरानै रहेकोले गाउँपालिकाको सहयोगमा मन्दिरको निर्माण गरि सो नवनिर्मित कालिकामाई मन्दिरमा प्राणप्रतिष्ठा गर्ने भएको  गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बताए ।कालिकामाई मन्दिर बाट निसकेको कलश जल यात्रामा प्रमुख अतिथि रहनु भएका उर्जा सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवार ,बिशिस्ट अतिथी धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता , उपाध्यक्ष राजमती देबी बरईन,नेपाली काँग्रेसका नेता राधाकृष्ण चौरसिया, स्थानिय समाजसेवी पप्पु खाँव,वडाअध्यक्ष लालबाबु चौरसिया, जयनारायण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ,सशस्त्र प्रहरी बल खेसराहाका डिएसपी प्रेमबहादुर कठाय,मन्त्री का स्वकिय सचिव सचिन कुमार सिंग कालिकामाई युवा समाजको आकाश चौरसिया, बुलेट तिवारी ,आकाश केवट, विशाल कुशवाहा, बिकास पटेल लगायत जल यात्रामा महिला ,पुरुष बालबालिका हरु गरी पाँच हजार भन्दा बढि भक्तजन हरुको सहभागी रहेको थियो ।नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टामा भोलि ३० गते देखि २४ घन्टा अष्ठयाम हुने १ गते अष्ठयामको पुर्णावती २ गते मन्दिरमा प्राणप्रतिष्टा गरि कालिकामाईको मुर्ती स्थापना गर्ने ,३ गते भारत सितामढीको झाखि कार्यक्रम  ४ गते नेपालका  भोजपुरी गायक सुनील पंडित समेतको कलाकार हरु अाउने र ५ गते को चैत नवमीको दिन कालिकामाई मन्दिरमा पुजापाठ चढावन चढाउने पुजा समितिका संयोजक वडा अध्यक्ष संजय पटेलले बताए ।कलश यात्रा परिक्रमाको क्रममा ठाउँ ठाउँ मा फ्रुटी,पानी,फलफुल बितरण समेत गरिको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको