LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पोखरिया २७ चैत। पर्साको धोबिनी गाउँपालिका वडा नम्बर- ३ ठूलो गुलरियाका चार
जनाको परिवारलाई अति आवश्यकीय राहत सामग्री प्रदान गरेको छ । घर आगलागीका कारण पीडित भएका परिवारलाई गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले राहत समाग्री बितरण गरेका छन। अग्नि पिडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी , रविन्द्र पटेल , मनिफ मियाँकाे घरमा आगलागी भएपछि घटना स्थलमा पुगेर आगलागी पीडित परिवार हरुलाई अति आवश्यकय राहत सामग्री बितरण गरिएको छ। सोमबार राति करिब १२ बजेतिर आगलागी हुँदा नगद गरगहना, घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएका घर बिहिन भएका अग्नि पिडित हरुलाई राहत समाग्री वितरण गरिएको धोबिनी गाउँपालिका अध्यक्ष चौहानले बताए । अागलगी बाट घर सहित सम्पुर्ण समान जलेर नस्ट भएपछी पिडित हरुलाई खान , लगाउन , बस्ने समस्या भएकोले गाउँपालिका बाट राहत बितरण गरिएको धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले बताए । राहत समाग्रीमा नेपाली काँग्रेसका नेता श्यामकिसोर पटेल, वडा नं ४ का वडाअध्यक्ष अबास मियाँ चुरिहार, वडाअध्यक्ष राजकिशोर प्रसाद कुर्मी , कार्यपालिका सदस्य दिनेश कलवार, वडासदस्य कमल ठाकुर,स्थानिय बुनिलाल कुर्मी, जिन्शी शाखा प्रमुख प्रदिप पटेल, योजना शाखा प्रमुख पपु पटेलको टोलीले मंगलबार
पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो। पीडित परिवारलाई तत्कालको लागि गाउँपालिका बाट त्रिपाल, चामल, दाल, आलु, पियाज तेल, नुन, कुकर ४ पिस बर्तन,गैस सिलिन्डर लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको साहले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको