LIVE 
पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण |

वीरगञ्ज । चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल फित्र)का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिन मुस्लिम आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा (बर्त) बसिसकेको र बुधवार साँझ चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक बिदा दिनका लागि सिफारिस गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।

उनका अनुसार बुधवार साँझ चन्द्रमा देखिएको भए बुधवार सार्वजनिक बिदा दिनका लागि सिफारिस गर्ने तयारी थियो । तर, बुधवार साँझ मुलुकभर कहीँ कतै पनि चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक बिदा दिनका लागि मन्त्रालयलाई सिफारिस गरिएको अध्यक्ष मियाँले बताए ।

सरकारले यस अघि नै आगामी वर्ष २०८१ सालका लागि सार्वजनिक बिदा दिने निर्णय गर्दा इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । सम्बन्धित समुदायको सिफारिस गरेको दिनमा गृह मन्त्रालयले इदको सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको