LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

वीरगन्ज,२९फागुनःवीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई घर भएका ४८ बर्षिय विनोद गुप्ता रहेका छन् ।गुप्तालाई नेपालमा प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याब्लेट एक हजार ८०० पिससहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार,सोमबार दिउँसो वीरगन्जको पावर हाउस चोकबाट गण्डक चोक तर्फ पैदल जाँदै गरेका गुप्तालाई प्रहरीले पावर हाउस चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनको शरिर खानतलासी गर्दा उनले बोकेको कालो प्लाष्टिकको झोलाबाट ३० ट्याब्लेटका दरले ६० पत्तामा एक हजार ८०० पिस प्रतिबन्धित लागू औषध नाईट्राभेट ट्याबलेट फेला परेको थापाले बताए ।

लागू औषधसहित पक्राउ परेका गुप्तालाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जानकारी थापाले दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको