LIVE 
पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण |

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनाभित्र पाँच करोडभन्दा बढी मूल्यको सामानहरु बरामद गरको छ । चैत महिनाभित्र पाँच करोड ८७ लाख ३६ हजार ७९९ बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरको जनाएको छ ।

राजस्व अभिवृद्धि तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत समेतका प्रहरी परिचालन २०८०–१२–१ देखि २०८०–१२–३० गतेसम्म लत्ताकपडाहरू रु १,२३,४६,४९१, सवारी साधन तथा पार्टपुर्जा रु १,१०,८७,७१०, विद्युतीय सामग्रीहरू रु २,१०,७८,६८१, किराना तथा खाद्यान्न सामानहरू रु १,४२,२३,९१७ गरी जम्मा रु पाँच करोड ८७ लाख ३६ हजार ७९९ बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरको जनाएको हाे ।

बरामद गरिएको सामानहरु राजस्व अनुसन्धान पथलैया बारा र वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको