राजन कुमार बानिया पोखरिया, २७ चैत । पर्साको धोबिनी गाउँपालिकाकाे वडा नम्बर-३ गुलरियामा गएराती आगलागी भएको छ । आगलागीमा स्थानीय गुलरिया निवासी राजेन्द्र पटेल,फरिन्द्र पटेल, हनिफ मियाँ , मनिफ मियाँ, रबिन्द्र पटेलको गरी करीब ३० लाख बराबरको धनमाल जलेर नष्ट भएको पिडीतले बताएका छन् । आगालागी हुँदा गरगहाना ,लत्ताकपडा, फर्निचर , अन्नपात ,साईकल , भाडाकुँडा, बाख्रा , चौपाया , नगद , लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गएराती १२ बजे बिधुतको तार सर्ट सकिटले आगो लागिएको नेपाल प्रहरी, स्थानीयवासी र पोखरीया र बिरगंजबाट गएको बारुणयन्त्रको सहयोगमा निभाईएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।







