LIVE 
छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ |

पर्सा २० चैत । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई त्यही गाउँपालिकाका जनप्रतिनिधिले नेम प्यलेटबाट हिर्काएपछि अधिकृत घाइते भएका छन् ।
गाउँपालिका कार्यालयमै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसाे गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवाहरले गाउँपालिका अध्यक्षकाे नेम प्यलेटले हिर्काउनुकाे साथै कुटपिट समेत गरेकाे कर्मचारीहरुले प्रेस विज्ञप्ति मार्फत वताएका छन् । कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । घाइते अधिकृत साहकाे छातीमा गम्भिर चाेट लागएकाे छ ।
कर्मचारीहरुका अनुसार कार्यालय समय मै दिउसाे २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नाे कार्यकक्षमा बाेलाएका थिए । त्यहीं समयमा उनकै कार्यकक्षमा बसेका गाउँ कार्यपालिका सदस्य कलवारले गाली गलौज गर्दै एक्कासी निजको कलर घाँटी समाति उनले लगाएको लुगा सर्ट च्याती लछारपछार गरी अन्धाधुन्ध हातमुक्का तथा काठ फलाम भएको गाँउपालिका अध्यक्षको नेमप्लेट समेतले हिर्काएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत साह धाेबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको र कर्मचारीहरुसँग रिसिईवी साधी पूर्व रिसिईवीबाट प्रेरित भई बारम्बार अभद्र व्यवहार गर्ने गरेकाे कर्मचारीहरुकाे भनाई छ ।
अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएकाे दुर्व्यवहार तथा कुटपिट घटनाकाे गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना समेत गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबार नै प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।
कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पिडित साहले मंगलबार नै दाेषीमाथि कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको