LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा ६ चैत । पर्साको पोखरियामा इलाका प्रहरी कार्यालय तथा मालपोत कार्यालयको सेवा विस्तार हुने भएको छ । पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानको निरन्तरको पहलले पोखरियामा सेवा विस्तार हुने भएको हो ।
पोखरियास्थित इलाका प्रहरी कार्यालयलाई स्तरोन्नति गरेर डिएसपिको दरबन्दी हुने “क“ श्रेणीमा रुपान्तरण गरिने भएको छ । नगर प्रमुखले गृहमन्त्री रवि लामिछानेलाई दाेस्रोचोटि भेट गरेपछि इप्रकाको स्तरोन्नति हुने भएको निश्चित भएको हो ।
पोखरिया नगर प्रमुख प्रदुमन प्रसाद चौहानले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटेर पनि छलफल गरेका छन् । पोखरियामा नापी, मालपोत कार्यालय कार्यालय स्थापनाका लागि नगर प्रमुखले आग्रह गरेका छन् । मन्त्री अधिकारीले मन्त्रालयको सेवा विस्तारको प्रतिबद्धता पनि जनाएका छन् ।
आगामी आर्थिक वर्षको लागि निर्माण हुने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिने मन्त्रीज्यूबाट प्रतिबद्धता व्यक्त भएको नगर प्रमुख चौहानले बताएका छन् ।
पोखरियामा क श्रेणीको इलाका प्रहरी कार्यालय नहुँदा सेवाग्राहीलाई वीरगंज धाउनुपर्ने बाध्यता रहेको छ । यसै गरी मालपोत तथा नापी कार्यालयको कामले पनि वीरगंज धाउनुपर्ने हुँदा पोखरियासहित आसपासका लाखौँ नागरिकलाई सास्ती भइरहेको छ ।
पोखरियाका नगर प्रमुखले विभिन्न मन्त्रालय धाएर भए पनि स्थानीयवासीको सुविधाको काम गरिरहेका छन। साथमा
मा. प्रभु हजरा, युवा नेता सुजीत गिरी, सूरज चौहान, संदीप साह लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको