LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

पर्सा ३ चैत्र । सशस्त्र प्रहरीबल द्वारा भन्सार छलि तथा चोरी पैठारी गरी ल्याउँदै गरेको कपडा नियन्त्रनमा लिएको छ। पर्सा जिल्लाको बिन्दवासिनी गा.पा.-३ झौवा नाका बाट भन्सार छली का कपडा ल्याएको भन्ने विशेष सुचनाको आधारमा समान नियन्त्रणमा लिएको छ।
सूचना प्राप्त हुनू साथै सशस्त्र प्रहरी बल पर्सा गणबाट गएको गाडी मोबाईल टोलिले भारतबाट अबैध रुपमा चोरी पैठारी गरी BR 22 X 5956 र BR 22 X 2850 नम्बरको भारतीय मोटरसाइकलहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको कपडा र मो.सा. अन्दाजी ४ लाख २५ हजार मोटरसाइकल को २ लाख र कपडाको २ लाख २५ हजार को मूल्याङ्कन सहित दुई जना लाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका एकजना जिल्ला पर्सा बहुदरमाई न.पा. बस्ने बर्ष २९ को र अर्को बहुदरमाई नगरपालीका बस्ने बर्ष ४१ को तस्करी कार्य मा संलग्न २ जना लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता संगम श्रेष्ठले जानकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको