
पर्सा १६ फागुन । उपकार सेवा नेपालको सम्पुर्ण आर्थिक सहयोगमा बिरगंज वार्ड -३२ टेढा स्थित श्रीमति मनमिश्रा अधारभुत बिधालयमा अध्यन्नरत ६ सय ३८ जना बालबालिका तथा ११ जना शिक्षक शिक्षिकाहरुको लागि रु २८,०००/- लगानीमा स्टीलको रुफ टेेेेैन्क टैन्की तथा धारा जडान गरि खानेपानीको प्रबन्ध मिलाईको छ । स्कुल प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्र अ राजाराम साहलाई धारा हस्तान्तरण गरिएको छ ! सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्मा तथा बिधालयको तर्फबाट मदनमोहन पञ्जियार, जयमङ्गल सिंह लगायत शिक्षक शिक्षिका बिद्यार्थीहरु समेतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश ठारुले बताए ।