LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार बिहान ११ बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्पm आउदै गरेको नम्बर प्रस्ट नभएको ट्याक्टर घटना स्थलमा रहेको उक्त ट्रयाक्टर चालक जिल्ला रौतहट गढिमाई न.पा. ९ बस्ने वर्ष ५५ को जय लाल सहनी र वर्ष ५० को राम नाथ सहनी सिटीअस्पताल गरूडा मा चेकजाँच गर्दा मृत्युु भएको ले आवश्यक शव परिक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाईएको बताए ।

सोही दुर्घटनामा परि गम्भीर धाईते भएका वर्ष १७ को आकाश सहनी र वर्ष ७ किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगंज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।

वर्ष ६७ को राम प्रसाद सहनीको समान्य उपचार पश्चात डिस्चार्ज भएको छ । उक्त ट्याक्टमा सवार जम्मा १७ जना रहेकोमा २ जनाको मृत्यु, ७ जना घाइते मध्ये १ जना उपचार पश्चात डिस्चार्ज भई घर तर्पm गएको ६ जनाको उपचार भई रहेको र बाकी ८ जनालाई केही नभएको उनले बताए ।

अन्य घाइते वर्ष ४८ की गन्धी देवी, वर्ष ४५ की सुखली देवी,वर्ष १८ को नितेश सहनी,वर्ष १६ की अञ्चला कुमारी सहनीको प्रादेशिक अस्पताल गौरमा उपचार भई रहेको इलाका प्रहरी नायव उपरीक्षक खनालले बताए।

बांधमा विपरीत दिशा तर्पmबाट आई रहेका मोटरसाइकललाई साइड दिने कटाउने क्रममा ट्रेकटर वांधबाट तल खसेका थिए ।दुबै जना मृतकको शव परीक्षण तथा सनाखतको लागी प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको