LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पर्सा: प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको रूपमा सरूवा भएका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले आज जिल्ला कार्यालय पर्साको जिम्मेवारी सम्हालेका छन् ।

 

पर्सा प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका एसपी ढुंगेलले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन्

 

पर्सा जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशिल मानिन्छ । कमाण्ड सम्हाल्दै एसपीले पर्सा जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

‘म वस्तुनिष्ट र विभेरहिद न्याय दिन तल्लीन हुनेछु,’ उनले भने, ‘पर्सामा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफुले कुनै पनि कसुर बाँकी नराख्ने छैन् । म राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको