LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

मधेश प्रदेश सभामा संविधानको धारा १८८ उपधारा २ बमोजिम मुख्यमन्त्री यादवले पेश गर्नुभएको आफूमाथिको विश्वासको मतको पक्षमा प्रदेश सभामा उपस्थित रहनुभएका प्रदेश सभाका सदस्य मध्ये ६९ जनाले समर्थन जनाउनुभयो । मतको विपक्ष अर्थात् मुख्यमन्त्रीका पक्षमा विश्वास नभएको भन्दै ३५ जनाले मत दिनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

विश्वासको पक्षमा नेपाली काँग्रेसका २२ जना, जनता समाजवादी पार्टी नेपालका १८ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना, नेकपा माओवादी केन्द्रका ९ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना, राप्रपा १ जना, संघीय समाजवादी पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र १ जना स्वतन्त्रका प्रदेश सभाका सदस्यहरुले मत दिनुभयो ।

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्य अभिराम शर्मा महोत्तरीमा मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका नायब निरीक्षक थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भएका अभिराम शर्मा अनुपस्थित रहनुभएको थियो ।

 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सभामा पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा नेकपा एमालेका सभामुख बाहेकका २२ जना र नागरिक उन्मुक्ति पार्टीका १३ जनाले मतदान गर्नुभएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो । मधेश प्रदेशमा मत विभाजन गर्दा प्रदेश सभामा १०४ जना सदस्य उपस्थित रहनुभएको थियो ।

 

जनमत पार्टीले माघ ९ गते प्रदेश सरकारबाट बाहिरिँदै मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

 

यसअघि मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिँदा झण्डै शत प्रतिशत मत पाउन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको