LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

मधेश प्रदेश सभामा संविधानको धारा १८८ उपधारा २ बमोजिम मुख्यमन्त्री यादवले पेश गर्नुभएको आफूमाथिको विश्वासको मतको पक्षमा प्रदेश सभामा उपस्थित रहनुभएका प्रदेश सभाका सदस्य मध्ये ६९ जनाले समर्थन जनाउनुभयो । मतको विपक्ष अर्थात् मुख्यमन्त्रीका पक्षमा विश्वास नभएको भन्दै ३५ जनाले मत दिनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

विश्वासको पक्षमा नेपाली काँग्रेसका २२ जना, जनता समाजवादी पार्टी नेपालका १८ जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना, नेकपा माओवादी केन्द्रका ९ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना, राप्रपा १ जना, संघीय समाजवादी पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र १ जना स्वतन्त्रका प्रदेश सभाका सदस्यहरुले मत दिनुभयो ।

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्य अभिराम शर्मा महोत्तरीमा मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका नायब निरीक्षक थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भएका अभिराम शर्मा अनुपस्थित रहनुभएको थियो ।

 

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सभामा पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा नेकपा एमालेका सभामुख बाहेकका २२ जना र नागरिक उन्मुक्ति पार्टीका १३ जनाले मतदान गर्नुभएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो । मधेश प्रदेशमा मत विभाजन गर्दा प्रदेश सभामा १०४ जना सदस्य उपस्थित रहनुभएको थियो ।

 

जनमत पार्टीले माघ ९ गते प्रदेश सरकारबाट बाहिरिँदै मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

 

यसअघि मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिँदा झण्डै शत प्रतिशत मत पाउन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको