LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पर्सा २ फाल्गुन । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ जगरनाथपुरमा रहेको मन्दिर अगाडि पनघटवा पोखरीमा रहेको करिब ३ बिगहा पोखरीमा रहेको माछा मरेर तराएको कारण लाखौको क्षति भएको छ। माछा पोखरीमा अाज दिउँसो एकासी एक्सिजनको कमी हुनसकने अनुमान गरिएको कारण पोखरीमा माछा मरेर क्षति भएको छ। पोखरीमा एक्सिजनको कमि भएकोले माछा हरु मरेको सानसारीमाई एककृत कृषि फर्मका संचालक असोक यादवले जनाएका छन। दिउँसोको समयमा एकासी माछा मरेको खबर सुनेर पोखरी डिलमा जादा साना ठुला गरि लाखौ मूल्य बराबरको माछाको ( मृत ) मरेर पानीमा तराएको अवस्थामा फेला परेको सनसारीमाई एककृत कृषि फर्मका संचालक यादवले बताए । सो पोखरीमा एउटा पनि माछा हरु जिउदो नरहेको ठेकदार यादवले जनाए का छन। पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले ईलाका प्रहरी कार्यालय लंगडी र गाउँपालिकाको भेटनरी प्राबिधिक लाई जानकारी दिएपछी सो ठाउँमा प्रहरी, भेटनरी प्राबिधिक ,स्थानिय जनप्रतिनिधिहरु जादा ठूलो सानो माछा गरि लाखौ मूल्य बरारको माछा मृत् अवस्थामा पोखरी भरी मरेर तराएर क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएका छन। ठेकदार असोक यादवले तिन बिगहामा रहेको पनघटवा माछा पोखरी ३४ लाख १० हजारमा पाँच वर्षको लागि ठेक्का लिएको २०७८ मा लिएको र २०८३ मा समाप्त हुने ठेक्कदार यादवले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको