LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |

वीरगंज । पर्साको विभिन्न ठाउँमा अवैध तरिकाले लगाईएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । पर्सामा फेरी गाँजा खेती फस्टाएको जानकारी भएपछि प्रहरीले विभिन्न ठाउँमा लगाईएको गाँजा खेती नष्ट गरेको हो ।

 

पर्साको जीराभवानी गाउँपालिका १ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट पारेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी महादेवपट्टीको संयुक्त प्रहरी टोलीले एक कट्ठा खेतमा लगाइएको लागुऔषध गाँजा खेती फडानी गरेको हो ।

 

यसैगरि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र रङ्गपुर प्रहरी चौकिको सयुंक्त टोलीले पटेर्वासुगौली वडा नं. २ बेलवामा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा खेति नष्ट गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

 

पछिल्लो समय पर्सामा ग्रामिण भेगमा गाँजा खेती होडबाजी नै चलेको जानकारी पछि गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बुधबार पनि पर्साको ठोरी गाउँपालिका वडा नं.३ र ४ स्थित १० कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजा खेतीलाई प्रहरीले नष्ट गरेको थियो । गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी राखेको डिएसपी थापाले बताए । उनले गाँजा खेती गर्नेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताए ।

 

खासगरि राष्ट्रिय वन र निकुञ्जसंग जोडिएको गाउँहरुमा लुकाई छिपाई अहिले व्यापक रुपमा गाँजाको खेती गरिएको छ । उक्त क्षेत्रको जनप्रतिनिधीकै संरक्षणमा गाँजा खेती भएको बुझिएको छ ।

 

विगत एक दशक भन्दा बढिदेखी गाँजाको खेती बन्द भएका कारण पर्सामा गाँजाको बिउको अभाव भएपछि यहाँका किसानले मकवानपुर र धादिङ्गका पहाडी गाउँबाट बिउ ल्याएर गाँजा रोपेका हुन् । अहिले पर्साको बिजयबस्ती, निर्मलबस्ती, रामनगर, गादी, शंकरसरैया, पटेर्वा सुगौली लगायतका गाउँमा गाँजा खेती गरिएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको