LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

नवल यादव सर्लाही ,मंसिर १४ – चन्द्रनगर गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु बिगत चार महिना देखिको तलब नपाएको भन्दै धर्ना दिएका छन् । उनीहरुले गाउँपालिका कार्यालयको मुल गेटमा धर्ना दिएका हुन् ।

गाउँपालिका भित्रका १२ वटै सामुदायिक विद्यालयका शिक्षक तथा पालिकामा कार्यरत कर्मचारीहरु आर्थिक वर्ष २०८०/०८१ को श्रावण महिनादेखि हालसम्म साथै दशै,तिहार र छठ जस्तो पर्वमा समेत गाउँपालिकाले तलब भत्ता उपलब्ध गराउन नसकेको तथा विद्यालय संचालनको लागि आवश्यक पर्ने दिवा खाजा लगायतका विभिन्न शिर्षकहरुको रकम निकासा नगराएको र यसका लागि पटकपटक मौखिक छलफल गर्दा पनि हालसम्म कुनै निकासा नगरिएकोले बाध्य भएर धर्मा दिनु परेको नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सरोज कुमार सिंहले बताए ।

तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको धर्नामा बसेका शिक्षक तथा कर्मचारीहरुले बताएका छन् । यसबाट शिक्षक,कर्मचारी तथा बालबालिकाहरुमा मनोबैज्ञानिक ,आर्थिक तथा शैक्षिक रुपमा प्रतिकुल असर परिरहेको मासिक रुपमा पाउनुपर्ने तलब भत्ता,दिवा खाजा लगायतका विभिन्न शिर्षकका रकमहरु अविलम्ब निकासा गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

शिक्षकहरुको आन्दोलनमा स्थानीय तह तदर्थ समिति चन्द्रनगरले पनि एकबद्धता जनाएका छन् । मंसिर १२ गतेबाट सुरु भएको धर्ना कार्यक्रम समस्याको सामाधान नहुन्जेलसम्म जारी रहने ने.शि.महासंघ चन्द्रनगर गाउँ समितिका अध्यक्ष सिंहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको