धिरज बर्णवाल
मंसिर ५ मङ्गलवार । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं ०१ धोरेमा आगलागी हुँदा लाखौं को क्षति र एक महिला घाइते।
बेलुका ६ बजेको समयमा आगलगी हुँदा स्थानियहरुको रोहवरमा आगो नियन्त्रण भएको थियो ।
श्री दिव्या ज्ञान ईंग्लिश बोर्डिङ्ग स्कूल को छेउमा विगत एक साल देखि चल्दै आईरहेको किराना पसलमा अचानक ग्याँस बाल्ने क्रममा आगलागी हुँदा पसल सञ्चालिका लख्खनी देवी समेत घाइते भएकि हुन भने जानकारी बोर्डिङ्गका प्र.अ मुना मेहता सरले दिनु भएको छ।
क्षति भएमा ४०००० हजार बराबरको किराना सम्मान र सञ्चालनमा रहेको पसलको घर समेत जलेर १००००० एक लाख बराबरको नष्ट भएको धोरे चौकी का असई गोपाल यादव ले जानकारी दिनु भएको छ।
घाइते भएकि लख्खनी देवीलाई अहिले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ।
तपाईको प्रतिक्रिया !