LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा ३० कार्तिक

तिहार तथा छठ पर्वको अवसरमा आजदेखि पर्साको धोबिनी गाउँपालिका को वडा नं ३ गुलरिया खेलमैदानमा जारी पहिलो अध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ । अध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले उदघाटन गर्नु भएको थियोे ।

सामुहिक युवा टिम गुलरियाद्वारा आयोजना गरिएको प्रतियोगिताको उदघाटन गर्दै चौहानले खेलबाट मस्तिक र शारीरिक विकास हुने बताए ।उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी र स्थानिय हरुको सहभागिता रहेको थियो । अध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिता को पहिलो खेल मा धोबिनी गाउँपालिकाको वाड नं ४ लंगडी र वाड न ५ धोबिनी बीच भएको खेलमा धोबिनी क्रिकेट टिमले पहिलो टस जितेर गरेको ब्याटिङमा १५ ओभर खेलि अँल बिकेट गुमाउदै ७४ रन बनाएको थियो भने ।

लंगडी क्रिकेट टिमले १० ओभरमा २ बिकेट गुमाउदै ७५ रन बनाएर जित हासिल गरेका थिए। आजको खेलमा लंगडीले १ रन बाट जित हासिल गरेका छन । खेलको म्यानअफ दि म्याच लंगडीका खेलाडी प्रदिप गुप्ता ले १० रन बनाउदै ४ बिकेट लिएर म्यान अफ दि म्याच घोषित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको