LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पर्सा ३० कार्तिक

तिहार तथा छठ पर्वको अवसरमा आजदेखि पर्साको धोबिनी गाउँपालिका को वडा नं ३ गुलरिया खेलमैदानमा जारी पहिलो अध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ । अध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले उदघाटन गर्नु भएको थियोे ।

सामुहिक युवा टिम गुलरियाद्वारा आयोजना गरिएको प्रतियोगिताको उदघाटन गर्दै चौहानले खेलबाट मस्तिक र शारीरिक विकास हुने बताए ।उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी र स्थानिय हरुको सहभागिता रहेको थियो । अध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिता को पहिलो खेल मा धोबिनी गाउँपालिकाको वाड नं ४ लंगडी र वाड न ५ धोबिनी बीच भएको खेलमा धोबिनी क्रिकेट टिमले पहिलो टस जितेर गरेको ब्याटिङमा १५ ओभर खेलि अँल बिकेट गुमाउदै ७४ रन बनाएको थियो भने ।

लंगडी क्रिकेट टिमले १० ओभरमा २ बिकेट गुमाउदै ७५ रन बनाएर जित हासिल गरेका थिए। आजको खेलमा लंगडीले १ रन बाट जित हासिल गरेका छन । खेलको म्यानअफ दि म्याच लंगडीका खेलाडी प्रदिप गुप्ता ले १० रन बनाउदै ४ बिकेट लिएर म्यान अफ दि म्याच घोषित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको