LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

काठमाडौँ — सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन् । ‘नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,’ सञ्चारमन्त्री शर्माले इकान्तिपुरसँग भनिन् ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको