LIVE 
धोबिनी गापा-३ हरिहरपुरका बिरेन्द्र ठाकुर हजामको घर अगाडिबाट मोटरसाइकल चोरी | कालिकामाई गाउँपालिका- १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको अध्यक्ष- गुप्ताद्वारा उद्घाटन | बिरगंज भन्सार बाट ICP रोड हुँदै परवानीपुर जादा ट्रक दुर्घटना मा ...... | पर्साको सखुवा प्रसौनी गाउँपालीकामा नेकपा एमाले का अध्यक्ष केपी ओली द्वारा छात्रावासको भवनको शुभ उद्घाटन सम्पन्न ... | महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो। | ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत | छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो | धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर | पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे | उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण |

वीरगन्ज,२२कार्तिकः पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।

सखुवा प्रसौनी गाउँ पालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट अबैध रुपमा गिट्टी–बालुवा उत्खनन् भइरहेको गुनासो आएपछि अनुगमनमा निस्किएका अध्यक्ष यादवले खोलाबाटै एउटा ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।

अध्यक्ष यादव अनुगमनमा पुग्दा खोलाबाट अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा भेटिएको ट्याक्टर उनले नियन्त्रणमा लिएर प्रहरी चौकी रंगपुरलाई बुझाएका छन् ।

अध्यक्ष यादवले नियन्त्रणमा लिएको उक्त ट्याक्टर अहिले प्रहरी चौकीमै राखिएको छ । बालुवा सहितको उक्त ट्याक्टरलाई गाँउपालिका कार्यालयमा १० हजार रुपैयाँ जरिवाना तिराएर छोडिने गाँउपालिका अध्यक्ष यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको