Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

कात्तिक १९, २०८० आइतबार

बिरगंज : दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ।

गए राति फ्लाइ दुवइको विमानमार्फत ११:३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए।

उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ। इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ। बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ।’

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन्। केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो।

डोटी लामीखाल-८ का पदम थापा, डोटी पचनाली-३ का राजन फुलारा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिए। रासस

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा  दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

कालिकामाई युवा समाजद्वारा दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

१४ वर्षीय बालिकामाथि उँखु मा गरे बलात्कार

राष्ट्रिय वन र निकुञ्ज क्षेत्रको गाउँहरुमा फस्टायो गाँजा खेती, नष्ट गर्दै प्रहरी

एक दिने निशुल्क पशु स्वास्थ शिवीर कार्यक्रम अध्यक्ष यादव को उपस्थिति मा औषधि बितरण गरी उद्धघाटन गर्नु भयो

तलब नपाएको भन्दै चन्द्रनगरका शिक्षक तथा कर्मचारहरु धर्नामा

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

ताजा समाचार

सानाया मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित प्रदेश टिभी डेली डटकम
यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

 सम्पर्क: बीरगंज महानगरपालिका वडा नं. १३, पर्सा, मधेस प्रदेश (नेपाल)

सम्पर्क नं. ९८०२५९१३००

 [email protected]

हाम्रो टीम

अध्यक्ष एवं सञ्चालकः साहरुख मन्सुरी
सम्पादकः ईरफान अंसारी
सूचना तथा प्रसारण विभाग
दर्ता नम्बरः दर्ता प्रक्रियामा
प्रेस काउन्सिल नेपाल अनलाइन सूचिकरण दर्ता नं : दर्ता प्रक्रियामा
कम्पनी रजिष्ट्रार दर्ता नं. ३१४७१५/७९/०८०
आन्तरिक राजस्व विभाग ले. दर्ता नं: ६१९७२२९७९

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर