LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

नवल यादब

वीरगञ्ज । गए राति भएको मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

 

सामाजिक सञ्जाल एक्स मार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन् ।

 

मोदीले नेपालको दु:खद घडीमा आफू नेपाली जनतासँग सहयोगका लागि ऐक्यबद्धतायतामा उभिएको बताउँदै सम्भव हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् । उनले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

शुक्रवार राति ११ बजेर ४७ बजे जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ भने दर्जनौँ घाइते छन् । भूकम्प प्रभावित क्षेत्रमा स्वयम् प्रधानमन्त्री प्रचण्ड चिकित्सक टोली र राहत सामग्रीसहित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको