LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको टोलीले १ सय ७३ किलो ५०० ग्राम गाँजा फेला बरामद गरेको हो ।

 

स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठा भित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

 

गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ । यस घटनामा घरधनी मेहतासहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरी निरीक्षक केसीको भनाई छ ।

 

यता स्थानियबासीहरुका भनाई अनुसार उनीहरूको गिरोहले रक्षाबन्धन १/२ दिन अगाडि एउटा पिकअप भ्यानमा लगभग ५ क्विन्टल गाँजा ल्याएका थिए । उक्त ल्याइएको गाँजा धोरे गाउँ बाहिर रहेको रेडक्रस सोसाइटी भवन अगाडि बाटोमा रोकेर रातिको ११ बजे उक्त पिकअप भ्यानबाट गाँजा झारी सकेपछि उक्त पिकअप लाई प्रहरी चौकीले चेकजाँच गर्दा केही फेला परेको थिएनन् । ठीक त्यसको २ दिन पछि उक्त गाँजा भारतको सुगौलीमा भारतीय प्रहरीले बरामद गरेको थियो । भारतीय प्रहरीको अनुसन्धानले उक्त गाँजा धोरे बाट आएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको