LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

धिरज वर्णवाल – वीरगंज, ११ साउन । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालको ग्रामीण नाकाबाट भित्र्याउँदै गरिएको ठूलो संख्याको राँगा , भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट बिशेष सूचनाको आधारमा खटिएका टोलीले बिन्दबासिनी गाउँपालिका–५ स्थित हासवाबाट बिहिबार बिहान ११ बजेतिर २६ वटा राँगाभैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जानकारी दिए ।बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ५ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ । भैंसी ल्याउने व्यक्तिहरु प्रहरीलाई देखेपछि भागेका छन् । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको उपरीक्षक थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको