LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज – १९ जेठ । पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वाका एक बिधालयमा बिहीवार राती चोरी भएको छ । स्थानीय श्री मंगल माध्यमिक विद्यालयको कार्यालयको ताला फोडी १३ थान सेट कम्प्युटर र ५ वटा कुर्सी चोरी भएको छ ।

 

बिहिवार रातको समयमा विद्यालयको कम्प्युटर ल्याब कोठामा रहेको ताला फोडी १३ थान सेट कम्प्युटर र ५ थान कुर्सी चोरी गरिएको प्रधानाध्यापक दिनेश पटेलले बताउनुभयो । चोरीमा संलग्नको बारेमा अहिलेसम्म पहिचान हुन सकेको छैन ।

 

घटनाको बारेमा प्रहरीमा अहिले सम्म उजुरी नआएको तर मौखिक जानकारी आउनैबितिकै जिल्लाबाट क्राइम टोली सहितका प्रहरी खटाएर चोरीमा संलग्नको तिब्र रूपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको