LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

भिस्वा पर्सा  ,१५ जेठ ।

ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी भिस्वाको सन्युक्त टोलीले भिस्वामा देवि बसबाट भारी मात्रामा लागू औषध बरामद गरेको छ।

आज दिउँसो ३:३० बजेको समयमा जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं. ५ भिष्वा ब्रम्हस्थान नजिक खाली जग्गामा पार्किङ गरि राखेको बागमती प्रदेश ०३ ००१ ख. १८१० नम्बरको यात्रु बाहक देवी बस को पछाडिको लगेज राख्ने डिक्की भित्र पलास्टिक को जार मा आठ वटा पोका बनाई लुकाई छिपाई राखिएको थियो।

काठमाण्डौ लानको लागि लागू औषधको एम्पुलहरु लुकाई छिपाई राखेको बिशेष सूचनाको आधारमा प्रहरी चौकि भिष्वा पर्साबाट प्र.स.नि. बिन्देश्वर यादव तथा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा सो बसलाई चेकजाँच गर्दा बसको पछाडी पटी डिक्की भित्र प्लास्टिकको बाल्टिनमा आठ पोका कागजले बेरिएको आठ वटा पोका रहेकोमा ३ वटा पोकामा लागू औषध Noophin को एम्पुल ५०० पिस, ३ वटा पोकामा लागू औषध PHENERAGAN को एम्पुल ५०० पिस र २ वटा पोकामा लागू औषध DIAZEPAM को एम्पुल ५०० पिस गरी जम्मा १५०० पिस लागू औषधको एम्पुलहरु फेला परेको हुँदा उक्त बसको सहचालक जिल्ला पर्सा धोबिनी गा.पा. वडा नं. ४ लंगडी बस्ने सलमान मिया तेलीको छोरा वर्ष ४५ को नुरेश मिया तेली र बस चालक जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.८ बस्ने लाल बहादुर खत्रीको छोरा वर्ष ४२ को दुर्गा राज खत्री लाई नियन्त्रण मा ली थप अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको