LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगन्ज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका भिस्वा -५ मा नेकपा (माओवादी केन्द्र ) ले आयोजना गरेको केन्द्रीय सदस्य को अध्यक्षता मा पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका सयौं कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य पुर्ब सांसद तथा प्रमुख आयुक्त ( राष्ट्रिय महिला आयोग ) चान्द तारा कुमारी ले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छिन् ।

पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पुर्ब सांसद चान्द तारा कुमारीले भने, पर्सा को छिपहरमाई गाउँपालिमा नेकपा (माओवादी केन्द्र ) प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब नेकपा (माओवादी केन्द्र ) देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत केन्द्रीय सदस्य पुर्ब सांसद चान्द तारा कुमारी ले दावी गरिन् ।

केन्द्रीय सदस्य पुर्ब सांसद चान्द तारा कुमारी को प्रमुख आतिथ्यतामा भएको पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम मा उपस्थित पार्टीका नेता तथा कार्यकर्ता लाई पार्टी का हक हित मा रहि पार्टी लाई उच्याई सम्मा पुरियाउन एक् आर्का मा समन्वय गरी पार्टी लाई अजै जोड सहित मजबूत बनाउने समेत व्यक्त गरेका थिए ।

केन्द्रीय सदस्य पुर्ब सांसद चान्द तारा कुमारी को प्रमुख आतिथ्यता रहेको पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रमका अध्यक्ष छिपहरमाई गाउँपालिका पार्टी अध्यक्ष मुकातिनारायण रहेका थिए ।

कार्यक्रममा उपस्थित नेता रमेश कुमार चौरसिया, शाहरुख मन्सुरी, मोतीलाल यादव , शेख आरमान , साहबजान मिया लगाएत का नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घोषण छिपहरमाई कमिटि ईन्चार्ज मोतीलाल यादव ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको