LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

पर्साको छिपहरमाई गाउपालिकाका युवाहरूले दिप प्रज्ज्वनसहित पटका पड्काएर नवनियुक्त प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन ।

छिपहरमाई गाउपालिकाको वडा नम्बर ५ भिश्वामा आज आयोजित एक कार्यक्रमका बिच युवाहरूले तेस्रो पटक प्रधानमन्त्री बनेको खुशियालिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई स्थानिय युवाहरूले दिप प्रज्ज्वलन गरि बधाई तथा शुभकामना दिएका हुन।

माओबादी केन्द्रका नेता शारुख मन्सुरीको अगुवाइमा भएको कार्यक्रममा कार्यक्रम स्थानीय नेताहरु शेख आर्मान , हिमाञ्चल कुशवाहा, साहब जान मियाँ, रमेश चौरसिया, विश्वनाथ पटेल , लगायतको सहभागीता रहेको थियो ।

माओबादी केन्द्रका अध्यक्ष दाहालाई प्रधानमन्त्री बन्नमा सघाउने दलहरूलाई धन्यवाद दिदै नेता शारुख मन्सुलीले संविधानको रक्ष्रासहित मुलुकलाई दिगो बिकासको बाटोमा लैजान नवगठित सरकारले महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए । दलित, गरिब, असहाय र बिछ्डाबर्गको हकहितको लागि लडदै माओबादिकै नेतृत्वमा संघीयतासहितको मुलुक समृद्ध हुने नेता मन्सुरिले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको