LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बिरगंज पुस ०६ गते । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२७ जसौली स्थित सडकमा एक जना अधवैसे महिला रगत पक्ष भएर लडीरहेको छिन् भन्ने जानकारी प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट तत्कालै प्रहरी पठाई वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि.डिल्लीराज सापकोटा, समेतको सुक्ष्म अनुसन्धान गर्दा कुशल दासको घर अगाडी रहेको कच्ची बाटो किनारामा टाउको किचिएको अवस्थामा कुशल दासको श्रीमती वर्ष ३० की रिंकु कुमारी रहेको मृतकको श्रीमान कुशल दास समेतसंग प्रारम्भिक अनुसन्धान गरी मृतक लासको जाँच गर्दा हातको हत्केलामा करेन्ट लागे जस्तो पोलेको दाग देखिए पछि थप बुझ्ने क्रममा कुशल दासले आफ्नै श्रीमती पर-पुरूषसंग पहिला देखिनै लागेको शंका भएकोले मिति २०७९।०९।०५ गते मध्यराती श्रीमती रिंकु कुमारीलाई करेन्ट प्रवाह भएको बिजुलीको नाङ्गो तारले वाया हातमा करेन्ट लगाइ मृत्यु भएपछि आफ्नो सहोदर भाई वर्ष २८ को भरत दासलाई बोलाई सर-सलाह गरी भरत दासले चलाउने ना.३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरो गाडी ल्याइ मृतक लासलाई वाहिर निकाली उल्लेखित नम्बरको गाडीले टाउकोमा किची गाडी लुकाइ छिपाइ राखेको भन्ने खुल्न बुझिन आएको हुँदा कसुदार वर्ष ३४ को कुशल दास र भरत दास दुबै जनालाई कानून बमोजिम पक्राउ गरी वारदातमा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई खोज तलास गर्दा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१७ अलौ स्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा फेला पारी बरामद गरी मृतक लासको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का समेतको कार्य समपन्न गरी लास पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइ थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ।निम्न:-

पक्राउ विवरण:- १) अभियुक्त:- कुशल दास उमेर:- ३४ वर्ष ठेगाना:- जि.पर्सा वी.म.न.पा. वडा नं.२७ जसौली पक्राउ मिति:-२०७९।०९।०६ गते । मुद्दा:- कर्तव्य ज्यान २) अभियुक्त:- भरत दास उमेर २८ वर्ष ठेगाना:- जि.पर्सा वी.म.न.पा. वडा नं.२७ जसौली पक्राउ मिति:-२०७९।०९।०६ गते । मुद्दा:- कर्तव्य ज्यान

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको