Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

तस्करी र सीमा अपराध नियन्त्रणमा केन्द्रीत हुन आइजिपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

 

हालै काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् । हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात अब प्रहरीको नियमित काममा केन्द्रित रहन प्रहरी अधिकृतहरूलाई उनको निर्देशन छ ।

प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के–कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के–कस्ता काम भए; यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए । नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उनको भनाई छ । कार्यालय प्रमुख अनुसार काममा फरक आउने गरेकोतर्फ इङ्गित गर्दै महानिरीक्षक सिंहले पूर्ण व्यावसायिकता, स्वस्थ्य प्रतिस्पर्धा, आर्थिक पारदर्शिता अवलम्बन गर्दै अब्बल कार्यसम्पादन गरी यस अवसरलाई सदुपयोग गर्न निर्देशन दिएका छन् ।

 

प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधहरूको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै सिंहले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गरिने बताएका छन् ।

 

यसअघि नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले समेत काज सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका छन् ।

 

सोमबारको सरुवामा नौ जिल्लाका प्रहरी प्रमुख फेरिएका थिए। झापामा दुर्गा रेग्मी, धनुषामा विश्वराज खड्का, सिन्धुलीमा राजकुमार सिलवाल, पर्सामा कोमल शाह, सर्लाहीमा नरेशरा सुवेदी, बाँकेमा सन्तोषसिंह राठौर, कैलालीमा देवेन्द्र पाल, सुर्खेतमा योगेन्द्रसिंह थापाको सरुवा भएको थियो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

ताजा समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर