LIVE 
ओडिसामा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार: पाँचजना पक्राउ | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | सखुवा प्रसौनीमा ३० औं महान जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न | सखुवा प्रसौनी–२ रामभौरीमा शिव–पार्वती मन्दिर प्राण प्रतिष्ठान तथा साप्ताहिक भागवत ज्ञानको जलयात्रा | बहुदरमाई नगरपालिकामा युवा नेतृत्वको माग, युवा नेता चन्दन यादव लोकप्रिय बन्दै - Pradesh TV | एच.पि.भी.खोप अभियानमा सहयोग गरिदिन नगर उपप्रमुख रुबी ठाकुरको अाग्रह। | द ह्युमन लभ च्यारिटी/फण्ड’ द्वारा निःशुल्क एसईई कक्षा सञ्चालन | प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न | |

पर्सा– पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का एमाले जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँ र सिंगासन साहले भीड जम्मा गर्न आरकेस्ट्रा नचाउन थालेका छन् । भोजपुरीको अश्लिल गीतमा युवती नचाएर एमाले र जसपाका उम्मेदवारले भीड जुटाउन लागि परेका छन् । मनोरन्जनका लागि आउने भीडमा अधिकांश १६ वर्ष मुनिका युवा हुने गरेका छन् । भोट लिनका लागि जालिम र सिंगासनले समाजमा अश्लिलता पस्किन थालेका छन् । झन्डै एक महिनाको चुनावी अभियानमा जालिम र सिंगासनको पक्षमा जनता नदेखिएपछि मनोवैज्ञानिक असरका लागि भीड जुटाउन बाहिरी जिल्लाबाट युवती मगाइएको हो । अश्लिल नाचमा रोक लगाइएपनि स्थानीय प्रशासनको मिलेमतोमा जालिम र सिंगासनले आरकेस्ट्रा नचाइरहेका छन् । मंगलबार कालिकामाई गाउँपालिकाको वडा २ भेडिहारीमा एमाले र जसपाको चुनावी सभामा उम्मेदवार र नेताहरु बसेको मञ्चमा युवतीहरुलाई अश्लिल गीतमा नृत्य गराइएको थियो । निर्वाचन कार्यालयले कुनै पनि राजनीतिक कार्यक्रम साँझ ७ बजेसम्म मात्र गर्न पाउने नियम लागू गरेको छ । तर, जालिम र सिंगासनको उपस्थितीमा राति ८ बजेसम्म अश्लिल नृत्यु सञ्चालन गरिएको थियो । धेरै ढिला भएपछि भेडिहारीका सचेत युवाहरुले होहल्ला गर्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको