LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पर्सा– पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का एमाले जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँ र सिंगासन साहले भीड जम्मा गर्न आरकेस्ट्रा नचाउन थालेका छन् । भोजपुरीको अश्लिल गीतमा युवती नचाएर एमाले र जसपाका उम्मेदवारले भीड जुटाउन लागि परेका छन् । मनोरन्जनका लागि आउने भीडमा अधिकांश १६ वर्ष मुनिका युवा हुने गरेका छन् । भोट लिनका लागि जालिम र सिंगासनले समाजमा अश्लिलता पस्किन थालेका छन् । झन्डै एक महिनाको चुनावी अभियानमा जालिम र सिंगासनको पक्षमा जनता नदेखिएपछि मनोवैज्ञानिक असरका लागि भीड जुटाउन बाहिरी जिल्लाबाट युवती मगाइएको हो । अश्लिल नाचमा रोक लगाइएपनि स्थानीय प्रशासनको मिलेमतोमा जालिम र सिंगासनले आरकेस्ट्रा नचाइरहेका छन् । मंगलबार कालिकामाई गाउँपालिकाको वडा २ भेडिहारीमा एमाले र जसपाको चुनावी सभामा उम्मेदवार र नेताहरु बसेको मञ्चमा युवतीहरुलाई अश्लिल गीतमा नृत्य गराइएको थियो । निर्वाचन कार्यालयले कुनै पनि राजनीतिक कार्यक्रम साँझ ७ बजेसम्म मात्र गर्न पाउने नियम लागू गरेको छ । तर, जालिम र सिंगासनको उपस्थितीमा राति ८ बजेसम्म अश्लिल नृत्यु सञ्चालन गरिएको थियो । धेरै ढिला भएपछि भेडिहारीका सचेत युवाहरुले होहल्ला गर्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको