LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला |

वीरगंज । राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आयोजना गरेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड सञ्चारकर्मी जियालाल साहले जितेका छन् । मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा पत्रकार जियालाल साहले हात पारेका हुन् ।
मधेस प्रदेशबाट उत्कृष्ट पाँचमा पर्न सफल भएका फोटो पत्रकारहरु मध्ये साहको फोटो छनोट भएको हो । राष्ट्रिय फोटोपत्रकारिता अवार्डका लागि १४ विधामा पुरस्कार प्रदान गरेको हो । प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्डमा मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि ५ जना फोटो पत्रकारहरु मनोनयमा परेका थिए ।
हाल मध्य नेपाल डटकम र ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहेका साह एभिन्युज टेलिभिजन, हिमालखबर, एपिवन टेलिभिजन जस्ता मिडियाहरुमा समाजिक, आर्थिक र राजनितीक क्षेत्रबारे खोज पत्रकारिता गर्दै आएका सक्रिय पत्रकार हुन् । नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव समेत रहेका पत्रकार साहले खिचेका फोटोहरु राष्ट्रिय मिडिया संगै अन्तर्राष्ट्रिय स्तरका एपी, सिन्हवा लगायतका एजेन्सीमा समेत प्रकाशित भएको छ । मधेश आन्दोलन, टोरनाडो, कोरोना महामारी लगायतका बेलाको फोटोहरु एपी, सिन्हा लगायतका एजेन्सीमा प्रकाशित भएको थियो ।
फोटो पत्रकारिता अवार्डका लागि पर्साबाट नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादव ,कान्तिपुर टेलिभिजनमा कार्यरत पंकज श्रेष्ठ, यस्तै ग्यालेक्सी टेलिभिजनमा कार्यरत जियालाल प्रसाद साह र मध्य नेपालकी कविता खड्काको मनोनय परेका थियो ।
संस्थाको २५औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, खेलकुद मन्त्री महेशवर गहत राज लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष प्रदिपराज पन्तको सभापतित्वमा समपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको