Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

एसपी बस्नेतको १० महिना : अपराधिक गतिविधीमा नियन्त्रण, ३० करोड राजश्व दाखीला

वीरगञ्ज,२६ भदौ । पर्साको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत आएदेखी पर्साका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न थालेका छन ।

खुला सिमाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई चनाखो भएर अवैध गतिविधी नियन्त्रण गर्न खटाईनुले पर्साबासी अमन चयनका साथ सांस लिन पाएका छन ।

केही व्यक्तिगत रिश्वीका घटना बाहेक छिटफुट घटनाहरु पर्सामा भएपनि त्यसलाई कडाईका साथ लागेर निचोड सम्म पुरयाउने अठोटले पर्सा प्रहरी प्रति जनविश्वास बढदै गएको स्थानीयले अनुभव गरेका छन ।

पर्साको प्रहरी प्रमुखको रुपमा आएको १० महिनामा प्रहरी उपरिक्षक बस्नेतको कमाण्डमा ३० करोड बराबरको राजश्व भन्सार दाखीला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरीका पर्साका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरुले भारत संगको खुला सिमा नाकाका कारण हुने अवैध भन्सार छली चोरी निकासीमा कडाई गरेपनि विभिन्न माध्यम अपनाएर गरिएका अवैध भन्सार छलीका समानहरु पर्सा प्रहरीले वीरगञ्जका विभिन्न स्थानहरुबाट बरामद गरि वीरगञ्ज भन्सार तथा राजश्व अनुशनधान कार्यालय पथ्लैयामा बुझाइएको पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिनु भयो ।

बरामद समानहरुमा लत्ता, कपडा, हार्डवेयर, किराना सामान, शर्टिंग शुटिंग, मालबाहक गाडीहरु लगाएत रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार ०७८ को मंसिर महिनामा १ करोड १५ लाख ९४ हजार १ सय ३७ रुपैया, पुषमा १ करोड ७८ लाख २४ हजार ९ सय ५२ रुपैया, माघ महिनामा २ करोड ५० लाख २७ हजार ७ सय ६ रुपैया, फाल्गुनमा ३ करोड २३ लाख १९ हजार ५ सय ६० रुपैया, चैत्रमा २ करोड ३३ लाख ८१ हजार ७ सय ८० रुपैया, ०७९ को वैशाखमा ८ लाख ९५ हजार २ सय २० रुपैया, जेष्ठमा ३ करोड ७० लाख ४४ हजार ८ सय १८ रुपैया, असारमा २ करोड ३२ लाख ९ हजार ६ सय ५९ रुपैया, श्रावणमा ३ करोड १९ लाख ५४ हजार ९ सय २६ रुपैया र भदौ महिनामा ३ करोड १६ लाख ४६ हजार ७ सय ५ रुपैयाको माल समानहरु बरामद गरि राजस्व सरकारी कोषमा दाखिला गराउन सफल भएका छन् ।

यसै गरी श्रोत नखुलेको अवैध वितिय कारोबार हुण्डीको १ करोड ६५ लाख १३ हजार ६ सय २० सहित पक्राउ परेका व्यक्तीलाई कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।

एसपी बस्नेतले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पहिलो दायित्व भएको बताउँदै जिल्लावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउनु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार पसार्मा १० महिनामा लागुऔषधको २ सय ८५ मुद्धा दर्ता भएका छन । जसमा लागुऔषध मुद्धामा ३ सय ९ जना पुरुष र महिला ९ जना पक्राउ परेका छन ।

बरामद गरिएको लागुऔषधहरु गांजा १ हजार ५ सय ९७ केजी, चरेश २३ केजी, हेरोईन ५८ ग्राम, अफिम १३ केजी, फेनारगन ५ हजार ३ सय ६० गोटा, डाईजिल्याब ४ हजार १ सय ६८ गोटा, नुर्फिन ४ हजार २ सय ५३ गोटा, नाईट्राभेट टयाबलेट १५ हजार ६ सय ४२ पिस, कोरेक्स १०० एमएलको बोतल १ हजार ६ सय १३ पिस रहेको पर्साका प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।

यसैगरी वीरगञ्जको विभिन्न ठाउहरुबाट चोरी भएका दर्जन भन्दा बढी मोटरसाईकलहरु बरामद गरि धनीलाई बुझाइएको उनले बताए । मोटरसाईकल चोरी गर्दै गर्दा २ दर्जन भन्दा बढी चोरहरुलाई पक्राउ गरी मुद्धा समेत चलाइएको एसपी बस्नेतले बताउनु भयो ।

सिमा वारपार हुने भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न मातहतका युनिटहरुलाई कडाई गर्न निर्देशन दिइएको एसपी बस्नेतले जानकारी दिए ।

प्रहरी आचरण पिरित कार्य गर्ने धेरै प्रहरी कर्मचारीहरुलाई कार्यवाही पनि गरिएको र अन्यलाई सचेत समेत गराईएको उनले बताए । वहाँले कुनै पनि प्रहरी गलत क्रियाकलापमा संलग्न रहेको प्रमाण भेटिएको खण्डमा कडा कारवाही गरिने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

काठमाडौंमा आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझावहरु यस प्रकार छ्न

काठमाडौंमा आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझावहरु यस प्रकार छ्न

Breaking News :- बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर