LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया
पर्सा २४ भदौ
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गरेका छन । रु. २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने गरि उपभोक्ता समितीले जनाएको छ ।
जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विधालयमा नगरि जन्ती सहितका समाजिक कार्यहरू सामुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवन निर्माण कार्य निरन्तर रुपमा जारी रहेको साहले बताए ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ६ न. वडा लखनपुरमा एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गर्ने क्रममा बोल्दै मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला पिछडावर्गको अधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताएका छ्न ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको