LIVE 
संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता | भाठ्ठा मेला लाई लक्षित गरि गढुवा लाईन १२ घण्टा सम्म खोलिदै - Pradesh TV | सिमलताल घटना : बेपत्ता यादवको कुशको शव बनाएर दाहसंस्कार | त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार | मृत्यु भएको स्वरोजगार लघुवित पोखरियाले सदस्यलाई बिमाको रकम हस्तान्तरण। | जापान जाने सपना बोकेर हिँडेकी मिस्टीको जीवन त्रिशुली मा मिसियो | सम्माननीय प्रधानमन्त्री नियमित एक्सन रूममाः उहाॅ भन्नुहुन्छ, ”विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ!” | पर्साको सखुवा प्रसौनी गाउँपालीका मा दोस्रो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न | वीरगन्ज स्थित आदर्शनगरमा रहेको सिद्धार्थ बैंकमा भिषण आगलागी भएको छ | पोखरिया नगरपालिकाको आठौ नगर सभा सम्पन्न,४७ करोड १२ लाख ९३ हजारको बजेट प्रस्तुत |

पर्सा । जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर १ को ‘क’ प्रदेश सभा सदस्य पदको लागि वर्तमान प्रदेश सभा सदस्य जन्नत अंसारीको नाम एक्लौटी सिफारिस गरेपछि विवाद शुरु भएको छ । क्षेत्र नम्बरको १ को क्षेत्रिय भेलाले अंसारीलाई प्रदेश सभा सदस्यको लागि सिफारिसको निर्णय गरेपछि पार्टी भित्र नै विवाद शुरु भएको हो ।

 

पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरी र पार्टीकै मधेश प्रदेश समिति अध्यक्ष बृजमोहन तिवारीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अलोकतान्त्रिक तवरमा प्रदेश सभा सदस्यमा गरिएको सिफारिस कुनैपनि हालतमा मान्य नहुने बताएका छन ।

 

पार्टीको केन्द्रीय समितिले आउँदो निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने गरेको परिपत्रको मुल भावना विपरित पर्सा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सदस्यमा उम्मेदवारीको सिफारिस गरिएको छ । अन्य ईच्छुक रहेका आस्थावान व्यक्तिलाई निर्णय साथ सिफारिस गर्नुपर्नेमा क्षेत्रिय समन्वय समितिले अलोकतान्त्रिक, मनोमानी र एकल निर्णय गरेकोमा हाम्रो घोर असमती रहेको प्रेस विज्ञप्ती मार्फत जनाईएको छ ।

 

क्षेत्रभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, संघीय परिषद सदस्य, प्रदेश पादाधिकारी एवं सदस्य तथा जिल्ला समिति सदस्य लगायत नेताहरुलाई बैठकमा बोलाएर निर्णय गर्नुपर्ने तर सोको विपरित मनोमानी ढंगले एउटा बन्द कोठा भित्र गरेको निर्णय आफूलाई कुनैपनि हालतमा मान्य नहुने केन्द्रीय सदस्य मंसूरीले बताए ।

 

प्रदेश सदस्यमा उम्मेदवार हुन ईच्छुक कम्तिमा पाँजनासम्म क्षेत्रिय समितिले निर्णयसाथ सिफारिस गर्नुपर्ने केन्द्रीय परिपत्रमा व्यवस्था भएपनि एकल व्यक्तिलाई लाभ पु¥याउँने उदेश्यले निर्णय गर्नु केन्द्रीय परिपत्रको ठाडै अवहेलना गरिएको उनले बताए ।

 

पार्टी कुनै एक व्यक्तिले चल्दैन उनले भने, ‘ पार्टी भित्र अन्य नेता कार्यकर्ताको योगदान छ । बन्द कोठाभित्र आफूलाई लाभ हुने व्यक्तिको नाम सिफारिस गर्दैमा सबैलाई मान्य हुन्छ भन्ने छैनन् । विद्यानमै उल्लेख छ, कम्तीमा ३ जना बढीमा जति नाम सिफासि गर्दा हुन्छ तर यहाँ पूर्वाग्रही रुपमा अन्यलाई वाईपास गरेर कुनै एक व्यक्तिको नाम सिफारिस गरेर पठाईएको छ । ’

 

पार्टीका कार्यककर्ताको भावना पिवपरित गैरलोकतान्त्रिक निर्णय तत्कालै बदर गरी सर्वसहमत निर्णय गर्न जोडदार रुपमा माँग समेत उनले गरे । उम्मेदार सिफारिस पर्सा जिल्ला भित्र हुने पनि प्रादेशिक क्षेत्रमा एक व्यक्तिको मात्र सर्वसहमत नभएको जानकारी गराउँछौ ।

 

यो भन्दा अगाडीको प्रदेश सभा सदस्यको लागि पार्टीले नै सिफारिस गर्दा आफूले प्रदेश सभा सदस्यको उम्मेदवारको लागि मनोनयन पत्र दर्ता गराएका थिए । अन्तमा पार्टी आदेशलाई पालना गर्दै पार्टीकै निर्देशन अनुसार आफनो मनोनय फिर्ता लिई अरुलाई चुनाव लड्न मौका दिएका थिए ।

 

मंसूरीले भने, ‘के पार्टी भित्र हाम्रो योगदान छैन, हाम्रो पनि ईच्छा छ, चुनाव लड्ने, हामीलाई पनि मौका पाउँनु पर्छ । क्षेत्रिय समितिले पूर्वाग्रही रुपमा नभई स्वतन्त्र रुपमा ईच्छाएको व्यक्तिको नाम सिफारिस गर्नु पथ्र्यो तर त्यो गरेर कुनै एक व्यक्तिलाई लाप पु¥याउँन हिसाबले गरिएको सिफारिस हामीलाई मान्य हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको