LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

किभ : युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग खाद्यान्नको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।

रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।

जारी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको