LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

काठमाडौं : विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नागरिकता पाउने गरी विधयेक पारित भएको छ । प्रतिनिधि सभाको हिजाेको बैठकले बहुमतद्वारा विधयेक पारित गरेको हो ।

विधयेकको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उभिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमिकिपा विधयेकको विपक्षमा उभिएका थिए । एमालेले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष समय राख्नुपर्ने माग राखेका थिए ।

विधयेकमा ४५ जना सांसदहरुले ९४ वटा विषयमा संशोधन प्रस्ताव राखेपनि पारित भएन । टेबुल गरिएकै विषय पारित भयो ।

विधयेकमा ३ असोज २०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भए उक्त व्यक्तिको १६ वर्ष उमेर पूरा भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

२२ साउन २०७५ मा संसदमा दर्ता भएको नागरिकता विधयेक ४ वर्ष पूरा हुनलाग्दा पारित भएको हो ।

विधयेकले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ ।

नेपालमा फेला परेका तर आमा बुवा दुवैको ठेगान नभएके नाबालकलाई बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको आधारमा नेपाली नागरिक मानिने भनिएको छ ।

नेपाली नागरिक आमाबाट नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसेको व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको