LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

काठमाडौं : मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल रहेको छ। जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

अहिले देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको