LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले हिजो पारित भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको प्रसंग नै नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले भने, “नागरिकता सम्बन्धमा लामो समय बहस र विवाद अनावश्यक थियो । समयमै कानुन नबनाएकाले धेरै जताले दुःख पाएका थिए । संसदीय समितिमा वैवाहिक अंगीकृतबारे सहमति नजुटेकाले हिजो पारित भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको कुनै प्रावधान छैन । यसले नेपाली नागरिकका सन्तानलाई नागरिकता, आमाको नाममा नागरिकता, गैर आवासीय नेपालीले नागरिकता पाउने कुरा मात्र गरेको छ । अरु कुरा हिजो जे थियो, त्यही छ । कुनै परिवर्तन भएको छैन । नयाँ कुरा पनि छैन ।”

भीम रावलले त विरोध गर्नुभयो, नेकपा एमाले, नेमकिपा, राजमोले त विपक्षमा मतदान गरे नि भन्ने पत्रकार धमलाको प्रश्नमा महताले थपे, “जुन कुराको चर्चा छैन, त्यसमा संशोधन प्रस्ताव केका लागि ? भीम रावलको कुरा छाड्नुस् । उहाँ रावलपिण्डी कि कताबाट आउनुभएको हो ? नेपाली नागरिकका सन्तानलाई नागरिकता दिनुहुन्न भन्ने राष्ट्रघाती हुन् । विधयेकमा बढी वा कम भयो भन्ने वाहियात कुरा हो ।”

उनले सात वर्षसम्म नागरिकता कानुन नल्याएर अपराध गरिएको आरोप पनि लगाए । महतोले भने, “सात वर्षसम्म नेपाली नागरिकका सन्तानले नागरिकता पाएनन् । हामी समेत सम्मिलित सरकारले अध्यादेश ल्यायो । त्यसलाई अदालतले रोकिदियो । सात वर्षसम्म नागरिकता कानुन नल्याएर अपराध गरियो ।”

लोसपा नेता महतोले आफ्नो पार्टीलाई कांग्रेस र एमाले दुवै गठबन्धनबाट प्रस्ताव आएको पनि बताए । उनले भने, “अहिले हामीलाई कांग्रेस र एमाले दुवैको प्रस्ताव आएको छ । दवैपक्षसँग कुरा हुन्छ । जहाँ अनुकूल हुन्छ, त्यहीँ गठबन्धन गर्छौं । देशै गठबन्धनमा गएपछि हामी मात्र एक्लै बसेर के गर्ने ?”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको