LIVE 
ओडिसामा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार: पाँचजना पक्राउ | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | सखुवा प्रसौनीमा ३० औं महान जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न | सखुवा प्रसौनी–२ रामभौरीमा शिव–पार्वती मन्दिर प्राण प्रतिष्ठान तथा साप्ताहिक भागवत ज्ञानको जलयात्रा | बहुदरमाई नगरपालिकामा युवा नेतृत्वको माग, युवा नेता चन्दन यादव लोकप्रिय बन्दै - Pradesh TV | एच.पि.भी.खोप अभियानमा सहयोग गरिदिन नगर उपप्रमुख रुबी ठाकुरको अाग्रह। | द ह्युमन लभ च्यारिटी/फण्ड’ द्वारा निःशुल्क एसईई कक्षा सञ्चालन | प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न | |

काठमाडौं : देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाइँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म पहिलो डोज लगाएको थियो। उनीहरुलाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो।

बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ। उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो।

दोस्रो डोज लगाउनका लागि पहिलो डोज लगाएको खोप कार्ड बोकेर जान भनिएको छ। पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गरे।

आज प्रदेश १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन्।

यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन्।

यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइनेछ। सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको