LIVE 
वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित |

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ ।

लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नाँपजाँच सुरु गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिनुभयो ।

नगर प्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र नगर पालिकाका कर्माचारीका साथै सम्बन्धित कार्यालयका कर्माचारीको उपस्थितिमा लालबन्दी नगरपालिका–१० बाट ऐलानी जग्गाको नापजाँचको काम सुरु गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरका सबै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कार्य सम्पन्न गर्ने लक्ष्य र उद्देश्यअनुरूप काम थालेको भूमि आयोग लालबन्दी सेवा केन्द्रका सहायक चेतबहादुर मगरले जानकारी दिनुभयो ।

आगामी मङ्सिर पहिलो साताभित्र सबै किसिमका जमिनका समस्या समाधान गरी जग्गा धनी प्रमाणपुर्जा उपलब्ध गराउने लक्ष्य रहेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको