LIVE 
संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता | भाठ्ठा मेला लाई लक्षित गरि गढुवा लाईन १२ घण्टा सम्म खोलिदै - Pradesh TV | सिमलताल घटना : बेपत्ता यादवको कुशको शव बनाएर दाहसंस्कार | त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार | मृत्यु भएको स्वरोजगार लघुवित पोखरियाले सदस्यलाई बिमाको रकम हस्तान्तरण। | जापान जाने सपना बोकेर हिँडेकी मिस्टीको जीवन त्रिशुली मा मिसियो | सम्माननीय प्रधानमन्त्री नियमित एक्सन रूममाः उहाॅ भन्नुहुन्छ, ”विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ!” | पर्साको सखुवा प्रसौनी गाउँपालीका मा दोस्रो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न | वीरगन्ज स्थित आदर्शनगरमा रहेको सिद्धार्थ बैंकमा भिषण आगलागी भएको छ | पोखरिया नगरपालिकाको आठौ नगर सभा सम्पन्न,४७ करोड १२ लाख ९३ हजारको बजेट प्रस्तुत |

काठमाडौं : काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ ।

फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

putali_sadak_fohar_nepalvani (1)

राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको