LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

सुर्खेत : जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको उक्त जीप वीरेन्द्रनगर नगरपालिका–७ सडक खण्ड कपासेमा दुर्घटना भएको हो ।

जीपमा ५ जना सवार रहेका थिए । जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरीले जनाएको छ । अरु चार जना घाइतेको
कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

बुढाथोकीको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको