Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

यी हुन् चीफ थापाका कार्यकालका अनियमित काम

यी हुन् चीफ थापाका कार्यकालका अनियमित काम

काठमाडौँ l प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका केही विकृति विसंगतिहरु पठाएका छौं, कृपया प्रकाशित गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । नेपाली सेनाभित्र त्रैमासिक रोलकल–लामो इतिहास भएको सैनिक संगठनभित्र उच्चस्तरको चेन अफ कमाण्ड छ । संगठित र तहगत रुपमा सेक्शन, प्लाटुन, गुल्म, गण, बाहिनी जस्ता संरचना र त्यही अनुसारका कमाण्डरहरुले हुन्छन् । तिनीहरुले आर्मी हेडक्वार्टरको नीति, निर्देशन अनुरुप आफ्ना भूमिका निर्वाह गरेका हुन्छन् ।

समस्याहरु पनि विभिन्न तहगत रुपमा समाधान वा संबोधन हुने प्रचलन छ । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले चिफ हुने वित्तिकै यूएनमा प्रचलित Town llHa meeting लाई कपी गरेर….देशमा…..तन्देरी उखान सरह लागू गरी परिवर्तन देखाउन खोजे । जबकि यूएनमा सैनिक, प्रहरी, सिभिलियन, अनेक UN Agency लगायत पचासौं भिन्नभिन्नै प्रकृतिका विभाग हुन्छन् । दशौं भाषा बोल्छन् । Militry कै मात्र कुरा गर्दा पनि Regular, Volunteer, दोभाषे विद्यार्थी, समामोजित विद्रोही सेना, अनेकौं भाषा, परम्परा पृष्ठभूमि भएका व्यक्ति हुन्छन् । सबैले आफ्नै आफ्नै Chain या Command मा काम गर्छन, छिटोछिटो मानिस परिवर्तन हुन्छन्, mission को अवधि पनि छोटो हुन सक्छ ।

यस्ता नाना थरीका शाखा तथा व्यक्तिहरु कार्यरत हुने हुँदा mission प्रमुखले आफ्नो (mission) प्रष्ट पार्ने, कुनै पनि विषयमा mission को अवधारणा राख्न यस्तोे मिटिङ्गको आयोजना गर्दछन् । तर सदियौदेखिको अत्यन्त उत्कृष्ट रुपमा संगठित नेपाली सेनाका विभिन्न तहका कमाण्डरहरुलाई पाखा लगाउदै वा पंगु÷कमजोर बनाउदै यस्ता सस्तो लोकप्रियता हासिल गर्न कार्यले नेपाली सेनालाई ऐतिहासिक रुपमा कमजोर बनाएको महसुस हामी अधिकृतहरुले गरेका छौं । नपाउनेले केरा पायो बोक्र्रै सित खायो भनेको यही हो कि ? प्रधानसेनापति पूर्णचन्द्र थापाले कथित सुधार वा प्रणाली र पद्धतिका नाममा करिब ३ सय ओटा निर्देशिकाहरु वितरण गरी सदियौंदेखि चलेर आएको प्रथा, परम्परा र चलन माथि धावा बोलेर अंकुश समेत लगाए । एउटा व्यक्तिलाई स्वागत र अवकाश पछि विदाई गर्न पनि निर्देशिका हेरेर गर्नु पर्ने भयो ।

यसभन्दा अगाडि लामो समयदेखि यस्ता कार्यहरु विभिन्न अभ्यासमार्फत उत्कृष्ट ढंगले सम्पन्न हुँदै आएका थिए । बेलायतमा हालसम्म पनि लिखित संविधान छैन । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा निकालेका यस्ता किताबमा लाग्ने खर्चले सकल दर्जाका हितमा लगाएका भए वा रचनात्मक कुरामा खर्च गर्न सकिन्थ्यो । सकल दर्जालाई सानोतिनो राहत पनि पुग्थ्यो होला । परिवर्तनका नाममा यिनले विभिन्न समारोहमा लगाउने सेतो मेसकिटलाई रद्द गरे सेनाको इतिहासमा पहिलो पटक मेसकिटविहीन अवस्था रहेको छ । समारोहमा हरियो जंगी पोशाक नै लगाउनु पर्ने बाध्यता रहेको छ ।

लम्जुङमा जग्गा खरिदमा पनि मनपरी
कल्याणकारीको ठूलो रकम खर्च गरेर प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा उनकै गृह जिल्ला लम्जु¨मा नेपाली सेना कृषि विज्ञान संस्थानको नाममा जग्गाको चलनचल्तीको मूल्यभन्दा १० गुण बढी रकम तिरेर हजारौं रोपनी जग्गा खरिद गरेर कल्याणकारी कोष दुरुपयोग गरेको हामीले सुनेका छौं । सकल दर्जाको रगत पसिनाबाट जम्मा भएको सेनाको कल्याकारी कोषको करोडौं खर्च गरेर खरिद गरिएको जग्गाको सत्यतथ्य छानविन होस् भन्ने माग गर्दछौं ।

कोरियन हतियार खरिदमा आशंका
प्रधानसेनापति पूर्णचन्द्र थापा आफू अवकाश हुन पूर्व कोरियन प्द्दऋ हतियार खरिद गरेर प्रशस्त कमिशन हात पारेको आशंका समेत गरिएको छ । नेपाली सेनाले विगतमा अमेरिकन एम–१६ हतियार लिदैँ आई रहेकोमा त्यसैलाई निरन्तरता दिई हतियारमा एकरुपता कायम गर्नुपर्नेमा हतियार माफिया र कमिशनखोरहरुको लहलहैमा लागेर अर्काे भर्जनको कमशल र अनपयुक्त कोरियान हतियार झिकाएर सेनालाई कमजोर बनाएको महसुस हामी अधिकृतहरुले गरेका छौं ।

नेतृत्व हस्तान्तरणमा पीडा
पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू सेनापति भएपछि कार्यकाल सक्नु अघि नै भावी सेनापतिलाई समयमै हस्तान्तरण प्रक्रिया सुरु गर्ने घोषणा गरे पनि पछि यिनको महत्वकांक्षा यति बढ्यो कि पदावधि थप्ने, अधिकारसहितको फिल्ड मार्सल हुने वा सिडिएस बन्ने भन्ने आफ्नो उत्तराधिकारीलाई साईड लगाएर अन्तिमसम्म सबै कुरा लुकाएर पीडा दिएको चर्चा सेनजाका अधिकृतहरु बीच हुने गरेको छ ।

यिनले भूपुलाई केही गरेनन् । उमेर छउन्जेल सेनामा दुःख गरी ६० वर्ष कटेपश्चात पहिला गरेको दुःख स्वरुप ढाड, घुँडा दुख्ने लगायत विभिन्न समस्या हुन्छन् । पहिलाको सुविधा अनुसार गाह्रो साह्रो पर्दा सैनिक सहयोगीले साथ÷सहयोग गर्थे । त्यो पनि यिनले सस्तो लोकप्रियताका लागि खिचि दिए । यद्यपि आफ्नो सुविधा भने यथावत राखे यिनी जानासाथ नयाँ सेनापतिले तुरुन्तै भूपूहरुलाई रकम थप गरी तल्लो तहमा भूपूलाई राहत महसुस गराइएको छ ।

दु्रतमार्गमा अर्बौं खर्च काम खै ?
प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा संसदीय समितिको छानविनमा परेको काठमाण्डौं–निजगढ दु्रतमार्गको विवादित अर्बौंको ठेक्कापट्टा आफूले चाहेको ठेकेदारलाई दिने गरी स्वीकृत गरियो । सरकारबाट वर्षेनी विनियोजित हुने अर्बौं रकम बिल भरपाई मिलाएर जर्नेल, कर्णेलहरुले अनियमित रुपमा खर्च गरे पनि रमिते बन्ने काम मात्रै भयो । फास्ट ट्रैकको अर्बौंको खर्चको बिल भरपाईको प्रक्रिया मिलाएको भए पनि विस्तृतमा छानबिन गर्ने हो भने अनियमित र मनपरी खर्च स्वत् पुष्टि हुन्छ किनकि फिल्डमा भौतिक प्रगतिको काम २० प्रतिशत पनि भएको छैन । तर, ठेक्काको भुक्तानी काम नै नगरे पनि ठेकेदारहरुलाई दिएको सुनिएको छ ।

डाक्टरहरुलाई टुँडिखेलमा परेड !
पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा प्राविधिकहरुमाथि रिसराग÷प्रतिशोधको भावनाले सेनाका डाक्टरहरुलाई टुँडिखेलमा जम्मा गरेर परेड खेलाए । जसकारण त्यहाँका वरिष्ठ विशेषज्ञ डक्टरहरुले राजीनामा दिए प्रश्चात अहिले वीरेन्द्र अस्पतालमा राम्रो उपचार पाउन सकिदैँन, त्यहाँ भद्रगोलको अवस्था सिर्जना भएको छ । यसबाट लाखौँ बहालवाला, भूपू तथा तिनका आश्रित परिवारका विरामीहरु प्रत्यक्ष मारमा परेका छन् । –नेपाली सेनाको भलो चाहने अधिकृतहरु

Tags: नेपाली सेनाप्रधानसेनापतिप्रधानसेनापति पूर्णचन्द्र थापासेनासेना समाचार

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर