LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

काठमाडौँ l जङ्गी अड्डाले गत हप्ता पाँच जना महासेनानीलाई सहायक रथीमा पदोन्नती गर्यो । उनीहरूलाई यसअघि पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा ‘हायर कमाण्ड’ तालिमबाट वञ्चित गराएर ‘आर्यघाट’ मा पुरेसरह बनाइएको थियो । कारण एउटै मात्र थियो- स्टाफ कलेजको तालिममा ग्रेडिङ सी (चार्ली) आउनु ।

तर जब गत भदौमा पूर्णचन्द्र घर बस्नुभयो तब नयाँ चिफ प्रभुराम शर्माको प्रारम्भिक कालमै तीनै पाँच भैयाले अनेक ठाउँबाट भिटो लगाएर जंगी अड्डाको नियम उल्टाइदिएको बताइन्छ ।

नगरकोटमा एक हप्ता तालिम सञ्चालन गरिसकेपछि उनीहरु झिटीगुण्टा लिएर तालिम गर्न पुगेका थिए । तालिममा जेनतेन झारा टारेपछि सकिनेबित्तिकै उनीहरुले बढुवाको निम्ति कुनै कसर बाँकी नराखेको समकालिन अधिकृतहरु बताउँछन् ।

एकाध दिन रक्षा मन्त्रालयतिर दौडधुप बढाएपछि उनीहरुले कुममा फुली ढल्काएको दाबी गरिन्छ । हुन तः थापाले भाइ लक्ष्मणलाई पनि उक्त तालिममा सहभागी नगराएको भन्नेहरु पनि छन् । अहिलेका चिफ पनि सकभर कसैलाई नबिगार्ने व्यक्ति भएको धेरैको बुझाइ छ ।

तर सो कार्यमा भने उहाँका सैनिक सहायक एवम् सैनिक सचिवले आफ्नै ब्याचीको करियरलाई ‘कोमा’ मा पुगेको हेर्न नचाहेर उनीहरुलाई बौराउन सहयोगीको भूमिका खेलेको जनआस्थालाई प्राप्त लिखित विवरणमा उल्लेख छ ।

यसरी सकिएको भविश्य झल्झलाकार भएर उदाउनेहरुमा लक्ष्मण थापा,सुरत रावल,सुनिल घले,मदन बन्जारा र पुरूषोत्तम ढकाल छन् । उनीहरू २८ र २९ बेसिकका अफिसर हुन् । उनीहरूबाट नेपाली सेनाले केही नपाउने र केही नगुमाउने अधिकारीहरुको निचोड छ । तर पनि जंगी अड्डाले उनीहरूको जागिर लम्बाइ दिँदा पाँच भाइको पेन्सन बढेको छ । नेपाली सेनाका रमिते अधिकृतहरू !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको