LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ऐतिहासिक मोडमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताएका छन्। शुक्रबारको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा नेता श्रेष्ठले अध्यक्ष प्रचण्डसँगको सम्बन्ध लामो समयदेखि भएपनि अहिले कठिन अवस्थामा पुगेको बताएका हुन्।

पत्रकार सम्मेलनमा आफूलाई लक्षित गरी भनेका कुराहरुलाई स्मरण गर्दै नेता श्रेष्ठले पार्टीभित्र प्रचण्डसँगको सम्बन्ध कठिन अवस्थामा पुगेको बताएका हुन्। पत्रकार सम्मेलन गरी पार्टी छोड् भन्ने अभिव्यक्तिप्रति नेता श्रेष्ठ असन्तुष्ट बनेका हुन्।

उनले राजनीतिको ए्ेतिहासिक मोडमा पार्टी छाड् भनेर गम्भीर गल्ती गर्ने छुट अध्यक्षलाई पनि नभएको बताएका एक नेताले जानकारी दिए।

प्रचण्डले एमसिसी अनुमोदन गर्न भूमीका खेलेको भन्दै श्रेष्ठसहितका नेताहरुले आपत्ति जनाएका थिए। प्रचण्डले उनीहरुको विरोधलाई सेन्टिमेन्ट बटुल्न खोजेको आरोप लगाएका थिए। ‘वामदेवकै बाटोमा हिँड्न खोज्नेलाई कसले रोक्न सक्छ र ?’ समेत भनेका थिए।

श्रेष्ठको विरोध र प्रचण्डको अभिव्यक्तिकै कारण माओवादी केन्द्र फुटको नजिक पुगेको समेत आँकलन गरिएको छ। शुक्रकार पत्रकारहरुसँगको कुराकानीमा पूर्वसभामुख ओनसरी घर्तीले भने सबैले आ–आफ्नो धारणा राख्ने र सो विषयमा छलफल गरी विवाद समाधानको प्रयास गरिने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको