LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

काठमाडौँ : फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ ।

मंसिर दोस्रो साता सिक्किममा फिल्म ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट मुम्बई गएकी उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । मुम्बईको अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत उनलाई कोरोना संक्रमण भएको हो ।

उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’ अदितीले विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् ।

फिल्म ‘कृ’ मा अभिनय गर्नुभन्दा अगावैदेखि मुम्बईमा बस्दै आएकी उनले केही हिन्दीसँगै पञ्जाबी गीतमा अभिनय गरिसकेकी छन् । तर, उनका लागि अहिलेसम्म बलिउडको ढोका भने खुल्न सकेको छ । होम प्रोडक्सनको फिल्म ‘बाबरी’ बाट चार वर्षपछि अभिनयमा फर्किएकी उनले यो फिल्ममा धिरज मगर र नायिका तृप्ती नाडकारका छोरा धिरज टोटलानीसँग रोमान्स गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको