LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

रुकुम : आफ्नै नातिनीको खुकुरी प्रहारबाट रुकुम बाँफिकोट गाउँपालिका-१ का ७४ वर्षीय दाना शाही घाइते भएका छन् । उनलाई ७ वर्षीया नातिनी उर्मिला मल्लले खुकुरी प्रहार गरेर घाइते बनाएकी हुन् ।

उर्मिला दानाकी छोरीकी छोरी हुन् । घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ । उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ ।

आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए । ‘मैले १२ हजार भत्ता बुझेको थिएँ,’ उनले भने ‘त्यही लिन आएकी उसले ममाथि खुकुरी हानी ।’ मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आक्रमण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन् ।

नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहापख नजिकै बसेकी नातिनीले खुकुरी हानेको उनले बताए । घाँटीमै हानेको खुकुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले खुकुरी प्रहार गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको