LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

रुकुम : आफ्नै नातिनीको खुकुरी प्रहारबाट रुकुम बाँफिकोट गाउँपालिका-१ का ७४ वर्षीय दाना शाही घाइते भएका छन् । उनलाई ७ वर्षीया नातिनी उर्मिला मल्लले खुकुरी प्रहार गरेर घाइते बनाएकी हुन् ।

उर्मिला दानाकी छोरीकी छोरी हुन् । घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ । उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ ।

आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए । ‘मैले १२ हजार भत्ता बुझेको थिएँ,’ उनले भने ‘त्यही लिन आएकी उसले ममाथि खुकुरी हानी ।’ मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आक्रमण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन् ।

नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहापख नजिकै बसेकी नातिनीले खुकुरी हानेको उनले बताए । घाँटीमै हानेको खुकुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले खुकुरी प्रहार गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको