LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

काठमाडौं : काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा विवाद भएको छ ।

प्रदेश-२ मा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि ‘अपराधी’ भन्दै कारबाहीको माग भएपछि विवाद सिर्जना भएको हो ।

बुधबार कमलादीस्थित बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश-२ का टोली नेता सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो । सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन् दसत्रमै अनुपस्थित रहेको एक नेताले जानकारी दिए । उसो त गिरिराजमणि समूहकै नेतृत्व गर्ने नारायणकाजी श्रेष्ठ समेत ढिलागरी बन्द सत्रमा उपस्थित भएका थिए ।

बन्द सत्र सञ्चालन अध्यक्ष मण्डलका सदस्य समेत रहेका पोखरेल बन्द सत्रमा अनुपस्थित रहेपछि सम्मेलनस्थलमा हंगामा नै भएको प्रतिनिधिहरुको भनाइ छ । सही विषयलाई समाधान गर्न अहिले कमलादीमै माओवादी स्थायी कमिटीको बैठक शुरु भएको छ ।

ती नेताले भने, ‘सत्यनारायण भगतले आफ्नो निष्कर्ष सुनाउने क्रममा उठाएको विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।

आरोप लागेका नेता नै अनुपस्थित भएको सन्दर्भमा उपयुक्त निणर्य हुन्छ होला ।’ भगतले नारायणकाजी समेतको सहयोगमा गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाएका थिए । यो विषय पार्टीले छानबिन गरेर गिरिराजमणिलगायतलाई कारबाही गर्नुपर्ने धारणा हलमा राखेका थिए । तर गिरिराजमणि पोखरेल समूहले भने शालिक आफूहरुले नहटाएको दावी गर्दै आएको छ । साभार: नयाँ पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको